Rule 21
प्रारम्भिक जाँचबुझ सम्बन्धी व्यवस्था
ऐनको दफा १३ बमोजिम प्राप्त उजुरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट प्राप्त सूचनाको प्रारम्भिक जाँचबुझ गर्दा वा गराउँदा विभाग प्रमुखले त्यस्तो सूचना, कागजात, विवरण वा तथ्य सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित भए नभएको सम्बन्धमा समेत आवश्यक जाँचबुझ गर्न मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ ।